About

हाम्राे बारेमा

“नेपाल सिभिक स्पेस हब” सेन्टर फर मिडिया रिसर्च नेपालले सञ्चालन गर्छ । यो साइटमा नागरिक समाजसँग सम्बन्धित नीतिगत तथा व्यवहारिक पक्षमा समाचार, विचार, अध्ययन तथा अनुसन्धानसँगै सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले निर्माण गरेका मिडिया र नागरिक समाजको क्षेत्रलाई प्रभावित पार्ने नीति तथा कानुनहरूको विश्लेषण गरेर टिप्पणी तथा सुधारका लागि सुझावका दस्ताबेजहरू उपलब्ध छन्।

समग्रमा मिडिया एवं नागरिक समाजसँग सम्बन्धित नीतिबारे अध्ययन अनुसन्धान गर्न चाहनेहरूको सहजता र नीति सम्बन्धमा सरोकारवालाहरूको सरोकार एवं कार्यलाई एकीकृत गरी नीतिलाई समयसापेक्ष र लोकतान्त्रिक बनाउन सहयोग गर्ने उद्देश्यले सेन्टरले नेपाल: सिभिक स्पेस पोलिसि हब सञ्चालनमा ल्याएको हो।

सेन्टरले नेपाल: मिडिया पोलिसी हब पनि सञ्चालन गर्छ।